www.tandavnews.com
Fact ~ In search of truth

कोभिड नेपालः एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ

देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार देखिएको नयाँ संक्रमितभन्दा ६३१ ले बढी हो ।

उपत्यकाका ३ जिल्लामा आज १ हजार ५३८ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ सक्रिय संक्रक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये ९ हजार ५१ को पीसीआर र ३ हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

Batas

पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमूना परीक्षण गरिएको थियो । ९ हजार ५१ ले पीसीआर र ३ हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये संक्रमणदर २७ प्रतिशत छ । यही अवधिमा २७८ जना कोरोनाबाट निको भएका छन् । कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा २ लाख १४ हजार ५७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ रहेका छन् । सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बताइन् । पुस मसान्तसम्म २ तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उनले बताइन् । पहिले खोप लगाइसकेका नागरिकलाई माघ महिनाको पहिलो साताबाट ‘बुस्टर’ डोज लगाउन लागिएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘पहिले जुन खोप लगाउनुभएको हो त्यही ‘बुस्टर’ लगाउनुपर्छ ।’

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.