www.tandavnews.com
Fact ~ In search of truth

पहिरोमा परी स्काभेटरसहित ३ बेपत्ताः खोजी कार्य जारी

धादिङ

रुबिभ्याली गाउँपालिका– १ तिप्लिङको पुरु नजिकै पहिरोमा परी स्काभेटरसहित ३ जना बेपत्ता भएका छन् ।

आज बिहान पहिरो खसेर पुरिंदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सहचालक काभ्रेकै १९ वर्षीय राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

Batas

लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरो खस्दा स्काभेटरसमेत उनीहरु पुरिएको उनको भनाइ छ । सदरमुकाम धादिङबेँसीबाट दुई दिनको पैदल दूरीमापर्ने सो क्षेत्रमा सडक खन्ने काम भइरहेको थियो ।

पहिरामा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षक र गाउँपालिकाका अध्यक्षसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । खराब मौसम र सुख्खा पहिरोका कारण उद्धारमा कठिनाइ भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.