www.tandavnews.com
Fact ~ In search of truth

कोरोना कहरः ४ दिनमै समापन गरियो चितवन महोत्सव

रत्ननगर

पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३ औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४ औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गरेको हो ।

Batas

‘कोरोना महामारीको जोखिमका कारण हामीले चौथो दिनमै चितवन महोत्सव समापन गर्दैछौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘अर्को वर्ष हामी १४ औँ संस्करणको चितवन महोत्सव गर्ने छौँ, त्यसको घोषणा आजै गर्छु ।’ ४ दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक कमिटीले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देशन गरेसँगै महोत्सव समापन गरिएको बताइएको छ । महोत्सव आगामी माघ ४ गते समापन गर्ने कार्यक्रम थियो ।

चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा रहेको चितवन महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टाछुट्टै परिसर रहेका थिए । त्यस्तै महोत्सवमा ४ वटा विशेष स्टल तथा डोमसहित बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीलगायत ३५० वटा स्टल राखिएका थिए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.