www.tandavnews.com
Fact ~ In search of truth

कोभिड नेपालः १५ हजार परीक्षण गर्दा ३ हजार बढीमा संक्रमण

काठमाडौँ

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३ हजार ५५३ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा ३ हजार ५५३ संक्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ ।

Batas

पछिल्लो समय थप २७१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा एक जनाको संक्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६१० जनाको निधन भएको छ ।

५०० भन्दा बढी संक्रमण भएको जिल्ला मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । यस्तै २०० भन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, चितवन मकवानपुर, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

शून्य संक्रमित भएका जिल्लामा मुगुमात्र छ । नेपालमा संक्रमण दर १६.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा १३ हजार ५०३, संस्थागत आइसोलेशनमा ८३७ आइसियूमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार हुँदैछ ।

३ लाख बढीले खोप लगाए

विगत २४ घण्टामा ३ लाख ५६ हजार चार जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.