www.tandavnews.com
Fact ~ In search of truth

भारतमा एकैदिन २ लाख ६४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप २ लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ ।

सोही अवधिमा थप ३१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

Batas

हाल यहाँ ५ हजार ७५३ ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या १२ लाख ७२ हजार ७३ रहेका छन् । गएको २४ घण्टामा मात्र एक लाख ५४ हजार ५४२ जना सक्रिय संक्रमित थपिएका छन् ।

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

एएनआई

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.