www.tandavnews.com
Fact ~ In search of truth

कोभिड नेपालः थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ

देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । १३ हजार ४७४ जनाले पिसिआर र ७ हजार ८६ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३०६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ६५३ पुगेको छ । यो दर ९६ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Batas

नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा ८ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा १ लाख १०८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ४९ लाख ८१ हजार २६० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या ८ लाख ८० हजार ८८२ पुगेको छ । कुलमा संक्रक्रमण दर १७ प्रतिशत छ ।

कोभिड विरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १ दशमलव ४ प्रतिशत छ । प्रतिशत १० लाख जनसंख्यामा मृत्युदर ३८२ दशमलव ३ रहेको छ ।

हाल भेन्टेलेटरमा रहनेको संख्या जम्मा २५ र आइसियूमा १११ रहेको छ । होम आइसोलेशनमा १७ हजार २९१, संस्थागत आइसोलेशनमा ९४४ र क्वारेन्टीनमा ११५ रहेका छन् । हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर र भक्तपुर र कास्की रहेका छन् भने २ सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लाहरूमा झापा, चितवान, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका ३ जिल्लामध्ये हाल काठमाडौँमा ७ हजार ६२५, ललितपुर १ हजार ९३५ र भक्तपुरमा १ हजार २५१ सक्रिय संक्रक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.