www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस र माओवादीले युवा आन्दोलनलाई दूरुपयोग गर्याेः युवा ईन्चार्ज बस्नेत

पोखरा, ताण्डव न्यूज

नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय युवा संघको ईन्चार्ज महेश बस्नेतले नेपाली कांग्रेसले युवा आन्दोलनको दूरुपयोग गरेको बताएका छन् । प्रेस चौतारी कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कुनै बेला युवाहरुलाई युज गरेर राज्यका अनेक खालका सम्पत्ति र स्रोतसाधनलाई दूरुपयोग गर्ने प्रचलन नेपाली कांग्रेले सत्तामा रहदा लामो समय दूरुपयोग गर्याे भन्ने हाम्रो निष्कर्ष हो’ उनले भने, ‘त्यसकारण युवाहरुलाई हामीले सिर्जनशिल बनाउनुपर्छ र युवा आन्दोलनलाई उत्पादसँग र श्रमसँग जोड्नुपर्छ ।’

Batas

ईन्चार्ज बस्नेतले युवाहरु राजनीतिक पहुँचको आडमा कसैको मतियार बन्न नहुने धारणा राखे । ‘आन्दोलनमा देखिएका विकृती बिसंगतीहरुलाई र राज्यको स्रोत शत्तिलाई दोहन गर्ने । एउटा युवा राजनीतिमा हिँडेको कारणले पुलिसको सरुवा गर्न हिँड्छ, झगडा मिलाउन हिँड्छ कसैलाई प्रमोसन गराउन हिँड्छ र त्यसबाट आएको कमिशनले गुजारा चल्छ, उनले भने, ‘यो ढंगले युवाहरुलाई दूरुपयोग गर्ने प्रवृति जुन हिजो तरुणदलका नाममा कांग्रेसले गर्याे । त्यो प्रवृतिको विरुद्ध युवाहरुलाई राज्यको नीति निर्माणको सन्दर्भमा सहकार्य गर्ने राज्यले ल्याएका राम्रा तथा रचनात्मक काममा सहभागी गर्ने र युवा संघ आफैंले पनि सामूहिक रुपमा कम्पनीको निर्माण गरी अघि बढ्नुपर्छ ।’

उनले माओवादीले वाइसिएलको नाममा आपराधिक क्रियाकलाममा लगाएको आरोप लगाए । ‘माओवालीले वाइसिएल बनाईसकेपछि युवाहरुलाई लुटपाट हत्या, हिंसा र आतंकवादी गतिविधिमा लागाउने र धम्काउने, तर्साउने, अपहरण गर्ने, पैसा असुल्ने यो खालको प्रवृति देखियो, उनले भने ‘यो प्रवृतिको विरुद्ध हामीले वैचारिकमा मात्रै होइृन भौतिक रुपमा पनि संघर्ष गर्नुपर्ने स्थिति देखियो, उनले
थपे, ‘त्यसो भएका हुनाले यो युवा भनेका कस्तो हो भने नदीजस्तो हो । यसलाई तपाईले राम्रोसँग व्यवस्थित गर्नु भने भने विजुली उत्पादन हुन्छ । कुलो बनाउनुभो भने सिंचाई हुन्छ । नत्र यसले बाढीपहिरो सिर्जना गर्छ । त्यसैले यस्ता क्षमताको राज्य र संगठनले सहि ढंगले सदुपयोग गर्नुपर्छ ।’ उनले राष्ट्रिय युवा संघले बाहेक अन्य पार्टीका युवा जमातले आन्दोलनको सही सदुपयोग गर्न नसकेको टिप्पणी गरे ।

‘अन्य राजनीतिक दलका यवा साथीहरुले आफूहरुलाई युवा आन्दोलनको नेता हौं भनेर दाबी गरे पनि मुलभूत रुपमा युवा आन्दोलनको नेतृत्वदायी संस्था चाहिँ राष्ट्रिय युवा संघ नेपाल नै हो ।’ उनले फरक प्रसंगमा नेपालको राष्ट्रिय सार्वभौमसत्ताको पक्षमा वर्तमान सरकार बोल्न नसकेको उल्लेख गरे । ‘आज सरकार कहाँ छ । मोदीले लिपुलेकको बारेमा दिएका मन्तव्यमा सरकार किन मौन छ । सत्ताधारी दलहरु किन मौन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग हो भन्ने हिम्मत हामीसँग किन छैन । यो सरकार कहाँ छ जनताले खोजिरहेका छन् ।’

उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको ग्योन्टी गरेकै कारण महामारी फैलन नपाएको तर्क राखे । ‘हिजो केपी ओलीले ३ करोड खोपको ग्योन्टी गरेको कारण यो भेरियन्टले ठूलो क्षति पुर्याउन सकेको छैन । मृत्युदर धेरै कम छ । तर बुस्टर र बाँकी रहेको खोप लगाउने कुरामा सरकारले किन नैराश्यता देखाइरहेको छ । उनले भने, ‘पोखरा आएर व्यवसायीहरुसँग बुझ्दा यो प्रदेश सरकार मरेको छ कि बाँचेको छ थाहै छैन । कोठाकोठामा मन्त्रालय झ्यालझ्यालमा बोर्ड राख्दा फुर्सद छैन । मन्त्रीहरुका गाडीहरु नै जाम हुन थाले भन्ने ढंगले टिप्पणी हुन थालेको छ ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.