www.tandavnews.com
Fact ~ In search of truth

सुर्खेतमा निस्सासिएर एकैघरका ४ को मृत्यु

शुरबहादुर सिंह
कर्णाली

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ

शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

Batas

घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनीहरूको शनिबार बेलुकी मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.