www.tandavnews.com
Fact ~ In search of truth

कुश्माः गण्डकी प्रदेशकै नमूना क्रिकेट मैदान निर्माण सुरु

पर्वत

पर्वतको कुस्मा नगरपालिका– १ पांगमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पांग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रंगशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका– १ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए ।

रंगशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको छ । आयोगले रु तीन करोड बजेट विनियोजन गर्ने भएकामा चालू आर्थिक वर्षमा रु ५० लाख र नगरपालिकाको रु २० लाख गरी झण्डै रु ७० लाखको लागतमा मैदान सम्याउने तथा कालीगण्डकीको भिरतर्फ पर्खाल लगाउने काम भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

Batas

उनका अनुसार मैदानमा पश्चिमतर्फ ३० हजार मानिस अटाउने प्याराफिटसमेत बनाउन थालिएको छ । मैदानका लागि केही जमिन अपुग भएकाले नजिकै रहेको लक्ष्मीनारायण मन्दिर तथा विद्यालय र निजी जमिनसमेत चर्चिनुपर्ने भएको छ । मैदान निर्माण सुरु भएसँगै स्थानीयस्तरमा कुनै विवाद नहोस् भनेर वडा कार्यालयले आयोजना गरेको भेलाले पांग धैरेनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.