www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीः सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

गलेश्वर
म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ‘डिसिसिएमसी’ को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो । यो निर्णय सरकारी तथा गैरसरकारी संघसंस्थामा समेत कडाइका साथ लागू गरिने भएको छ । जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका क्रममा निर्णयको पालना नगरेको पाइएमा कानूनअनुसार कारवाही गरिने बताए । जिल्लामा कोरोना संक्रमण बढेसँगै कडाइ गरिएको हो । सदरमुकाम बेनीस्थित होटल तथा रेष्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रुपमा अपिल गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमति ३२ रहेका छन् ।

Batas

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.