www.tandavnews.com
Fact ~ In search of truth

चितवन कोरोनाको उच्च जोखिम ‘रेड जोन’ मा

मास्कको प्रयोग बढे पनि भीडभाड कायमै छ

चितवन

चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

सक्रिय संक्रमित ५ सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र ‘रेड जोन’ मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ सक्रिय संक्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ८२८ पुगेको छ ।

Batas

आइतबार जिल्लाका ४ प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा र एन्टिजोन परीक्षण ९० जनाको गरिँदा ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित प्रतिशत ३७ पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण बढ्दै जान थालेको उनले बताए । गत पुस २६ गते जिल्लामा सक्रिय संक्रमितको संख्या ११९, २७ गते १६२, २८ गते २४० र २९ गते ३२७ रहेको थियो । अहिले जिल्लामा दैनिक कोभिड– १९ परीक्षणदर र संक्रमणदर बढ्दै गएको छ ।

गत पुस ३० गते ३६० जनाको परीक्षण गर्दा ३७ दशमलव ५० प्रतिशतमा संक्रमण देखिएको ढकालले जानकारी दिए । उक्त दिन ३६० जनाको परीक्षण गर्दा १३५ मा कोरोना संक्रमण देखिएको थियो । शनिबार जिल्लाका २ पिसिआर ल्याब ‘चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल’ मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तथ्यांकअनुसार २२५ को परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।

जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८०२ जना होम आइसोलेशनमा छन् । यहाँ हालसम्ममा २८ हजार ६८ जना संक्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोनाबाट ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये ६६६ जना भरतपुर महानगरपालिकाका छन् ।

यस्तै संक्रमितमध्ये खैरहनी नगरपालिकाका २७, माडी नगरपालिकाका १५, रत्ननगर नगरपालिकाका ७२, राप्ती नगरपालिकाका १९ र कालिका नगरपालिकाका १६ छन् । संक्रमित बढे पनि जिल्लामा सावधानी भने अपनाएको पाइँदैन । मास्कको प्रयोग बढे पनि भीडभाड कायमै छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.