www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

‘रेड जोन’ मा कास्की, आज मनाङबाहेक गण्डकीका सबै जिल्लामा संक्रमण पुष्टि

एकैदिन ३७८ जनामा संक्रमण पुष्टि

hima aus

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८३७ जनामा गरिएको नमुना परीक्षणमा ३७८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

classic tech

आज कास्कीमा १८६ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ भने नवलपुर पूर्व ३४, स्याङ्जा ६३, बागलुङ ९, तनहुँ ३१, लमजुङ ४, म्याग्दी २, पर्वत ३, गोरखा ४५ र मुस्ताङ १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८९ हजार ०९१ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा गण्डकीबाट २२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै अहिले १,४६५ जना होम आइसोलेसनमा छन् भने गण्डकी प्रदेशभर १,५१० जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म गण्डकीमा मृत्यु हुनेको संख्या १,४२८ पुगेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...