www.tandavnews.com
Fact ~ In search of truth

नेपाल कोभिडः एकैदिन ६ हजार ७३४ जना संक्रमित थपिए

काठमाडौँ

देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५४७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ । यो दर ९५ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा ८ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा १ लाख २ हजार ४५५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५० लाख १८ हजार २४८ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या ८ लाख ९१ हजार ४६ पुगेको छ । कूलमा संक्रमण दर १७ दशमलव १ प्रतिशत छ ।

Batas

कोभिड विरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३६० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १ दशमलव ४ प्रतिशत छ । प्रतिशत १० लाख जनसंख्यामा मृत्युदर ३८२ दशमलव ६ रहेको छ ।

हाल भेन्टेलेटरमा रहनेको संख्या जम्मा २६ र आइसियूमा १३९ रहेको छ । होम आइसोलेशनमा २९ हजार ७०५, संस्थागत आइसोलेशनमा १ हजार १७२ र क्वारेन्टिनमा १०० जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र दाङ छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३ हजार ९८६, ललितपुर तीन हजार ५५५ र भक्तपुरमा एक हजार ८४६ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.