www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमतिः उपसभापति गुरुङ

चितवन

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताए ।

उनले भने, “सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो ।” निर्वाचनको विषयमा दुईचार दिनभित्रै निर्णय आउने उनको भनाइ छ । स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरु गठबन्धन नगरी निर्वाचनमा जाने उनले बताए । उनले भने, “वैचारीक कुरा गर्ने हो भने बहुलबादमा आधारित संसदीय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो ।”

Batas

उनले राजनीतिक दल आफ्नो एजेन्डा, दृष्टिकोण नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्छ भने । पार्टीभित्र फेरि समूहगत राजनीति चलेको भन्ने हल्ला निराधार रहेको उनको भनाइ छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उनले यो वा त्यो समूह भन्ने कुरा नभएको जिकिर गरे । “निर्वाचनमा समूह हो अब होइन” उनले भने । निर्वाचनपछि सबैको साझा सभापति, पदाधिकारी र केन्द्रिय सदस्य रहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै उनले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताए । खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई उनले आग्रह गरे ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.