www.tandavnews.com
Fact ~ In search of truth

कोभिड नेपालः एकैदिन १० हजार २५८ जना संक्रमण पुष्टि

शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ

काठमाडौँ

पछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सोमबारभन्दा ३ हजार ५२४ ले बढी हो । सोमबार देशभर ६ हजार ७३४ नयाँ संक्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १७ हजार ८७२ पीसीआर र ४ हजार ९५६ एन्टिजीन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ । यो दर ९४ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा ८ लाख ६८ हजार २१५ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा १ लाख ३ हजार ९८३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । यसरी पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५० लाख ३६ हजार १२० र एन्टीजेन विधिबाट परीक्षण गर्नेको संख्या ८ लाख ९६ हजार २ पुगेको छ । कूलमा संक्रक्रमण दर १७ दशमलव २ प्रतिशत छ ।

कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १ दशमलव ४ प्रतिशत छ ।

हाल भेन्टेलेटरमा २८ र आइसियुमा १५१ जना रहेका छन् भने होम आइसोलेसनमा ३७ हजार ८२६, संस्थागत आइसोलेसनमा एक हजार २१८ र क्वारेन्टिनमा १०० जना रहेका छन् ।

५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने २ सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुर छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका ३ जिल्लामध्ये हाल काठमाडौँमा १७ हजार ७०९, ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार ३९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.