www.tandavnews.com
Fact ~ In search of truth

पोखरा: पेट्राेलियम पदार्थको मुल्यवृद्धि विरुद्ध अनेरास्ववियुले डोहोर्‍यायो मोटरसाइकल

पाेखरा ।

पेट्राेलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियु कास्कीले मोटरसाइकल र स्कुटर डोहोर्याउदै विरोध प्रर्दशन गरेको हो ।

पोखराको मुख्यचोक मानव अधिकारचोक देखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटरसाइकल र स्कुटर नचलाई डोहोर्याएका थिए । उनीहरुले स्कुटर र मोटरसाइकलका अगाडी मुल्यबृद्धि फिर्ता गर, २४ लाख डोज खोप खै ? भन्ने कार्ड राखेका थिए ।

Batas

अनेरास्ववियु कास्कीका सहसंयोजक सन्तोष पोखरेलले परमादेशी सरकारले मुल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउदै सांकेतिक रुपमा अनेरास्ववियुले विरोध प्रर्दशन गरेको बताए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र उपाध्यायले मुल्यबृद्धि विरुद्ध सांकेतिक रुपमा नाराबाजी र भाषण विना मोटरसाइकल र स्कुटर डोहोर्याएर विरोध प्रर्दशन गरेको जनाएका छन् । रचनात्मक रुपमा सरकारले जनताको ढाड सेक्ने काम छिटोभन्दा छिटो बन्द गर्न आग्रह गर्दै विरोध गरिएको उपाध्यायले बताए ।

नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.