www.tandavnews.com
Fact ~ In search of truth

शिक्षामन्त्री र डा केसीबीच छलफल

काठमाडौँ।

चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन् ।

मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्त्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटक पटक अनशन बसेका डा केसीले अझै विगतमा पूरा नभएका मागहरू सम्बोधनका लागि आग्रह गरेका थिए ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.