www.tandavnews.com
Fact ~ In search of truth

क्रिप्टो करेन्सी कारोबार: पोखरा बस्दै आएका राजनसहित ३ जना पक्राउ

पोखरा
ताण्डव न्यूज ।

क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बिहिबार उनिहरुलाई मिन भवन, काठमाडौँबाट पक्राउ गरेको हो ।

पर्वत जिल्ला फलेबास नगरपालिका ११ कर्नास घर भई पोखरा बस्दै आएका वर्ष २१का राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४का वर्ष २५का बिशाल श्रेष्ठ र काठमाडौँ महानगरपालिका ११ थापाथलीका वर्ष २७का दिपेनराज श्रेष्ठ पक्राउ परेका हुन् ।

Batas

क्रिप्टो करेन्सी बिटक्वाइनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा प्रहरीले उनिहरुमाथी अनुसन्धान सुरु गरेको थियो । महाशाखाका अनुसार पक्राउ परेका भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसँग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग रु.२६,००,०० कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिएकाे छ ।

उनिहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङलाई अवैध घोषणा गरेकाे छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.