www.tandavnews.com
Fact ~ In search of truth

पाकिस्तानमा विद्यालय बन्दको घोषणा

इस्लामावाद ।

कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ ।

महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । “सवै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,” सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

Batas

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ । पाकिस्तानमा अहिले कोरोनाभाइरसको पाँचौँ चरणको महामारी सुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन् ।

रासस/सिन्ह्वा/एएनआई
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.