www.tandavnews.com
Fact ~ In search of truth

आहा! रारा गोल्डकपः डिफेन्डिङ च्याम्पियन संकटामाथी मछिन्द्रको सहज जित

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई पराजिगत गर्दै मछिन्द्र क्लब पोखरामा जारी २० औं आहा! रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज (सोमबार) भएको क्वाटरफाईनल खेलमा डिफेन्डिङ च्याम्पियन संकटालाई ४–१ को फराकिलो गोल अन्तरले पराजिगत गर्दै मछिन्द्र क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।

Batas

मछिन्द्रको जितमा मेसुके ओलोमोउले दुई गोलको योगदान दिए । उदीयमान खेलाडी उत्सव राई र अभिषेक गुरुङले समान एक-एक गोल जोडे ।

यता मछिन्द्र विरुद्ध संकटाको तर्फबाट गणेश हमालले सान्त्वना एक गोल फर्काए । सो खेलबाट मछिन्द्रका मेसुके ओलोमोउ म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

खेलमा पहिलो हाफको १२ औं मिनेटमा उत्सव राईले गोल गर्दै सुरुवातमै मछिन्द्रलाई अग्रता दिलाए । यसैगरी पहिलो हाफको अतिरिक्त समयको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए ।

खेलमा मछिन्द्रले दबाब दिएपनि संकटाले खेलको ६३ औं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै गणेशले हेडिङ मार्फत बललाई पोष्टको दिशा दिए । र गोल अन्तर घटाउदै २–१ को स्थितिमा ल्याए ।

खेलमा निरन्तर मछिन्द्र क्लब संकटा विरुद्ध हावी भयो । अभिषेक रिजालको स्थानमा मैदान प्रवेश गरेका अभिषेक गुरुङले ८४ औं मिनेटमा संकटाको गोलरक्षकबाट रिवण्ड भएको बललाई सहज गोल गर्दै ३–१ को स्थितिमा पुर्याए ।

त्यस गोल लगत्तै दबाबकै बिच २ मिनेट अवधिमै खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल जोडे र मछिन्द्रलाई ४–१ को फराकिलो गोल अन्तरले सहज जित निकाले । सेमिफाइनलमा अब मछिन्द्रले विभागिय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ ।

कुल १० टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्रदान गरिने आयोजनकले जनाएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.