www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्डकपमा मनाङ र आर्मीबीच खेल हुँदै

पोखरा, ताण्डव न्यूज ।
आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ । आजको विजेताले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगिसकेको छ । फाइनल खेल पर्सि हुनेछ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.