www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड

एजेन्सी, ताण्डव न्यूज ।
विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३६ करोड नाघेको छ । गत २४ घण्टामा ३५ लाख २० हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड २९ लाख नाघेको हो ।

योसँगै विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ करोड ४ लाख नाघेको छ । जसमध्ये ९५ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

गत २४ घण्टामा २१ लाख ८५ हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड ६८ लाख नाघेको छ । यस्तै २४ घण्टामा १० हजार ६ सयको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ४५ हजार पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.