www.tandavnews.com
Fact ~ In search of truth

शुक्लागण्डकीः नाली निर्माणको निहुँमा क्याङ्दी खोलामा अवैध उत्खनन्

पोखरा
ताण्डव न्यूज ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ११ मा नाली निर्माणका नाममा खोलमा अवैध रुपमा उत्खनन् गरिएको छ । नालीलाई देखाउँदै मनपरी ढङ्गले ढुंगा गिट्टी बालुवा उत्खनन् हुँदा पनि स्थानीय निकाय मौन रहेको आरोप स्थानीयको छ ।

करिब ५ लाखको ठेक्का सम्झौतामा थामडाँडा स्थित नाली निर्माणधिन रहेको अवस्थामा सोही नालीमा प्रयोग गर्ने भन्दै ठूलो मात्रामा ढुंगा गिट्टी बालुवाको ओसारपसार भएको स्थानीयले बताए । विकास गर्ने नाममा क्याङ्दी खोलामा अवैध उत्खनन गरिएको भन्दै स्थानीयहरुले आपत्ती समेत जनाएका छन् ।

Batas

नगरपालिकाको मातहतमा रहेको खोलाबाट वडाको स्वीकृतीविना किन उत्खनन गरियो ? भन्ने प्रश्न समेत उनीहरुले उठाएका छन् । उत्खनन् गरि निकालिएको गिट्टी बालुवा नाली निर्माणस्थलमा नभई ठेकेदारको घर वरीपरि सञ्चित गरि राखिएको उनीहरुको भनाई छ ।

वडा नं ११ का वडा अध्यक्ष दलबहादुर थापाले नाली निर्माणका लागि ठेकेदार भीम बहादुर थापालाई जिम्मा दिएको भन्दै अवैध उत्खनन्मा उनीहरु दुबैको मिलेमतो हुनसक्ने आरोप समेत स्थानीयले लगाए ।

नाम नबताउने सर्तमा एक स्थानीयले भने ‘यसमा वडा अध्यक्ष र ठेकेदारको नै मिलेमतो देखिन्छ, अरुलाई धमाधम पक्राउ गर्ने तर भीमबहादुरले गरेको उत्खनन्मा कुनै रोक नलगाउने ? यसमा दुबैको मिलेमतो छ । यसको हामी विरोध गर्छौँ’, उनले भने,’अबैध उत्खनन् रोक्न सम्बन्धित निकायले बेलैमा ध्यान देओस।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.