www.tandavnews.com
Fact ~ In search of truth

दिपकको संगीतमा पूर्णकला र धनिश्वरको आवाजमा ‘पुलाउ मासुले’ सार्वजनिक

पोखरा ।

माघ महिना लगनको महिना । पञ्चेबाजा बज्दा पनि कसैको बिहे भएको झल्को आउने महिना । लगनको महिनालाई छोपेर गायक धनिश्वर कडेँलले मौलिक शब्द प्रयोग गरी पञ्चेबाजाको गीत सार्वजानिक गरेका छन् ।

‘पुलाउ मासुले’ नामक गीतमा पहिला–पहिला गाउँघरमा हुने बिहेको मौलिकतालाई देखाउन खोजिएको छ । कडेँल र पूर्णकला विसीको आवाज रहेको गीतमा गायक कडेंलकै शब्द रहेको छ । गीतमा दिपक अधिकारीले संगीत भरेका छन् ।

Batas

बागलुङको रमणीय गाउँमा छायांकन गरिएको भिडियोलाई तारानाथ आचार्यले निर्देशन गरेका छन् । आचार्यले सोही गीतको एरेन्ज समेत गरेका छन् । भिडियोमा सहनिर्देशक दिपक अधिकारीले गरेका हुन् । गीतको भिडियोमा केशव कडेंल, जुना एसडी र हरिराम कडेंलको अभिनय रहेको छ । शिवराजा भुर्तेलले खिचेको भिडियोलाई समिर रामदामले सम्पादन गरेका छन् ।

भिडियो डिजिटल स्टारको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ । युटुवमा सार्वजानिक भएको उक्त गीत एक दिनमै २ लाख भ्युज क्रस गरेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.