www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

काठमाडौँ ।

सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नेछन् ।

बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव बढाएको जनाउँदै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गर्न लागेको हो ।

Batas

उक्त च्यालेञ्जकपका १२ खेलाडीलाई जनही रु पाँच लाख तथा प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गर्ने कार्यक्रम छ । टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मि चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु थिए । टोलीमा प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका थिए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.