www.tandavnews.com
Fact ~ In search of truth

कानून मन्त्री थापाकै अगाडी कुटिदा पनि न्याय नपाएपछि…

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाकै अगाडी कुटिएका रामकाजी श्रेष्ठ न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् । सोमबार करिब ५ बजे पोखरा महानगरपालिका ८ बुद्धमार्गमा कुटिएका श्रेष्ठ किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय कास्की पुगेका हुन् ।

उनले बारम्बार कास्की प्रहरीलाई गुहारे पनि न्याय नपाएको बताए । ‘मुद्धा दर्ता गराउने हो कारवाही गराउने नै त हो, ‘वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका वन संरक्षण तथा व्यवस्थापन महाशाखाका पूर्व प्रमुख समेत रहेका श्रेष्ठले ताण्डव न्यूजँग भने, ‘उजुरी लिन धेरै नै आलटाल गरेको हो नी । कुरै नगरौ । म त कानूनी भाषा बुझेको मान्छे । आचारसंहिता प्रयोग गर्ने एउटै हो नी । यो सबै जानेको मलाई कहिले यो कुरा भन्ने कहिले त्यो कुरा भन्ने अनि म तपाईलाई सिकाउन बसेको हो भन्ने? भोली म ठीक १० बजे नै जान्छु ।’

Batas

उनले आफ्नो उजुरी दर्ता गर्नु पछाडी अनेक वहाना बनाएको बताए । ‘पहिला म आफैले लेखेको निवेदनले नभएपछि परामर्शबाट ल्याएर दिए तर दर्ता गरेन, उनले भने, ‘धेरै संघर्षपछि बेलुका घाउकेस गर्ने भनेर गण्डकी अस्पताल जानलाई फारम बनाईदियो । त्यो फारम विना दर्ता नगर्ने देखियो । आज विदा भैहाल्यो । भोली जाने योजना छ ।’

यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारीले घाउकेस फारम पश्चात केस दर्ता गर्ने बताए । ‘जाहेरी हामीसँगै छ । दर्ता भैसकेको छैन । उहाँलाई हामीले घाउजाँच फारम गर्न पठाएका छौ । चोटपटक कही लागेको छ कि भनेर । त्यो आएपछि प्रक्रिया अगाडी बड्छ । कास्की प्रहरी थप अनुसन्धान गर्छ ढुक्क भए हुन्छ ।’

घटनाक्रम

पोखरा महानगरपालिकाद्वारा विनियोजित २५ लाख बजेट लागतमा पोखरा ८ न्युरोड स्थित बुद्धमार्गमा ४ सय २० मिटर सडक ढलानको हुदै आएको छ ।

स्थानीय उपभोक्ता समितिमार्फत निर्माणाधिन ढलानको काम निरीक्षण गर्न गत सोमबार गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभामन्त्री थापा बुद्धमार्ग पुगे । मन्त्रीलाई उपभोक्ता समितिका अध्यक्ष ऐनकुमार साइ नेतृत्वको टोलीले ढलानबारे प्रगति विवरण प्रस्तुत गरिरहेको थिए ।

प्रत्यक्षदर्शीका अनुसार ढलानको लेबल नमिलेको भन्दै सोही समयमा नै रामकाजी श्रेष्ठले आफै मिलाउदै दिए । त्यतिकैमा मन्त्रीलाई गुणस्तर र लेवलिङबारे प्रश्न गरे ।

तर उपभोक्ता समितिका कोषाध्यक्ष नारायण श्रेष्ठले पीडित श्रेष्ठलाई चुप लाग्न दबाव दिदै हस्तक्षेप गरे । रामकाजीले त्यो समय म तपाईसँग बोलेको होईन भन्दै मन्त्रीलाई आफ्नो कुरा तेर्साईरहे । उता नारायण रोकिएनन् ।

रामकाजीलाई अपमान गर्दै त चुप बस सम्म भन्न भ्याए । पछि मुख मात्रै छाडेनन् । नारायणले हातपात नै गरे । कोषाध्यक्ष श्रेष्ठले मन्त्रीकै अगाडी धक्का मार्दा लडेर उत्तानो परे । उनी उठेर कानूनमन्त्रीसँग कारवाहीको जवाफ मागे । त्यो समय मन्त्री अवाक् भए र आफ्नो बाटो लागे ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.