www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

काबुल ।

अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका छन् ।

यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना ग¥यो हालै राजधानी काबुलको फायाजी पुस्तकालयले । सो प्रतिस्पर्धामा उक्त पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरु ठाउँ ठाउँमा राखेको थियो ।

Batas

साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरुले यस्ता सन्देशहरु पढेर सुनाएका थिए । पुस्तकालयका कर्मचारीहरुले विशेष गरी युवा बर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरुले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन् ।

रासस/सिन्ह्वा
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.