www.tandavnews.com
Fact ~ In search of truth

पोखराको तालचोकमा बेहुला चढेको कार दुर्घटना

पोखरा
ताण्डव न्यूज ।

पोखराको लेखनाथस्थित तालचोक सडकमा बेहुला बोकेको कार दुर्घटना भएको छ । आज बिहान पोखराबाट जन्तीसहित हिँडेको ग २ च ८५५२ नं.को कारलाई र ग २ च ३११७ नं. को जीपले ठक्कर दिएको हो । दुर्घटनामा दुबै सवारी चालक सहित यात्रुहरु सकुशल रहेका प्रहरीले जनाएको छ । दुबै सवारीमा भने क्षति पुगेको छ । दुबै सवारीसाधन हाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको डाँडाकोनाक प्रहरी चौकीले जनाएको छ । कार दुर्घटनामा परेपछि बेहुला अर्को सवारीसाधन मार्फत बेहुलीको घरतर्फ लागेका प्रत्यक्षदर्शी सन्दीप पौडेलले जानकारी दिए ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.