www.tandavnews.com
Fact ~ In search of truth

हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

कर्णाली ।

जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ । यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए । उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको यही माघ २१ गते निधन भएको हो ।

“पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,” देवीलालले भने, “गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो ।” सो घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए ।

Batas

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.