www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा कोरोनाका विरुद्धमा लगाइएका प्रतिबन्ध हटाइने

लन्डन ।

बृटिश प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् । उनले बुधबार सो कुराको घोषणा गरेका हुन् । बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरु लगाइएको छ ।

तर त्यस अगावै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा उनले गरेकाे बताइएको छ । उनले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताए ।

Batas

उनले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराएका हुन् ।

रासस/सिन्ह्वा

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.