www.tandavnews.com
Fact ~ In search of truth

हुप्सेकोट गाउँपालिकको वडा टुक्राउन प्रदेश सरकारको सिफारिस

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नवलपुरको हुप्सेकोटको वडा टुक्राउन संघमा सिफारिस गरेको छ । हुप्सेकोट गाउँपालिका २ र ४ वडा एकवर्ष पछि टुक्राउनको लागि सिफारिस गरेको हो । पालिकामा रहेको उक्त वडालाई टुक्राएर ७ र ८ बनाउन सिफारिस गरेको प्रदेश सरकाका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले जानकारी दिए ।

गाउँपालिकामा यसअघि प्रदेश सरकारले अध्ययन, अनुमगन र स्थानीयको गुनासोलाई ध्यानमा राखेर वडा टुक्राउन सिफारिस गरिएको उनले बताए । हुप्सेकोट गाउँपालिकामा ६ वटा वडा रहेका छन् । साविक हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समिति मिलाएर हुप्सेकोट गाउँपालिका बनेको हो । साविक देउराली गाविसकै कार्यालयमा गाउँपालिका कार्यालय छ । भौगोलिक रुपमा नागरिकलाई एकदमै गाह्रो भएपछि पालिकाले वडा टुक्राउन सिफारिस गरिएको जनाइएको छ ।

Batas

साविक देउराली गाविसको ६ र ७ धौवादीको ७ मिलाएर हुप्सेकोट गापाको वडा नम्बर ४ बनेको हो । साविकको देउरालीको गाविसको १, २ र ९ मिलाएर वडा नम्बर २ बनेको रहेछ । तत्कालीन धौवादी ७ र तत्कालीन साविक देउराली १ र २ अपाइ परेको हुँदा देउराली गाउँपालिका वडा २ लाई नयाँ २ नम्बर वडामा सार्ने, देउरालीको ६ र ७ वडालाई नयाँ ४ वडामा, धौवादी ७ लाई नयाँ वडा ७ मा राख्ने, देउरालीको तत्कालिन १ र ९ लाई मिलाएर वडा नम्बर ८ मा राख्ने निर्णय भएको खड्काले जानकारी दिए । ‘हुप्सेकोट गाउँपालिकाले वडा सार्ने प्रस्तावलाई अनुमोदन गरेर नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय माघ २४ गतेको मन्त्रीपरिषदको बैठकले निर्णय भएको छ,’ उनले भने, ‘वडा संख्या र सिमाना हेरफेर गर्न केन्द्र सरकारलाई थप निर्णय गर्नेछ ।’

रुपमा नागरिकलाई एकदमै गाह्रो, वडा कार्यालय पुग्न एकदिन लाग्ने भएपछि पालिकाले वडा टुक्र्याउन भनी सिफारिसमा उल्लेख भएको खड्काले जनाए । गत २०७७ पुुसमा गाउँपालिकाको सभाबाट पारित गरेर प्रदेश सरकारलाई सिफारिस आएको थियो । हुप्सेकोट गाउँपाकिाले सिफारिस गरेर पठाइएको वर्षदिनपछि बल्ल नेपाल सरकारलाई पठाएको हो । गाउँपालिकामा ११२७२ पुरुषको संख्या र १३७९३ महिलाको संख्या गरी कुल २५ हजार ६५ जनसंख्या रहेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.