www.tandavnews.com
Fact ~ In search of truth

कानुनका विषयवस्तु थाहा नहुँदा किशोरकिशोरी फस्ने क्रम बढ्दो

नवलपुर ।

कानुनका विषयवस्तु थाहा नहुँदा किशोरकिशोरी फस्ने क्रम बढ्दै गएको सरोकारवालाहरुले बताएका छ्न । बिहिबार कावासोतीमा देवचुली र कावासोती नगरपालिकाका न्यायीक समितिका पदाधिकारीको लागि बालिका अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सो कुरा छलफल गरिएको हो।

जिल्लाको देवचुली र कावासोती नगरपालिकाका न्यायीक समितिका पदाधिकारीलाई बालिका अधिकार र न्यायिक समितिको भूमिकाको बारेमा अभिमुखिकरण र छलफल कार्यक्रम भएको हो । कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानालनको आयोजनामा भएको हो । कार्यक्रममा अधिवक्ताद्धय भुपेन्द्र खनाल , विष्णु खत्री र सरकारी वकिल कार्यालयका बुद्ध वहादुर थापाले सहजीकरण गरेका थिए ।

Batas

नवलपुर जिल्लामा जबरजस्ती करणी, लागु औषध र बालविवाहका मुद्धा व्यापकरुपमा रहेको वकिल बुद्ध वहादुर थापाले बताए । जिल्लामा यस्ता खालका विषयमा सेवा दिने क्रममा विभेद भएको पाइएको पनि वकिल थापाले बताए । स्थानीय होस् वा अन्य कुनै स्तरबाट न्याय दिलाउछु भन्दै विभेद गरिएको उनको भनाइ छ । यसरी विभेदीपूर्णबाट विषयवस्तु नै तोडमोड गर्ने र निष्पक्षरुपमा न्याय नमिलाएको घटना जिल्लामा घटेको बताइन्छ । त्यस कारणले गर्दा पनि पालिका स्तरका न्यायिक समितिका पदाधिकारीहरुले समुदायस्तरमा व्यापकरुपमा कानुनी विषयमा जनचेतना जगाउनु पर्ने आवश्यकता रहेको बताइएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नवलपुर जिल्लामा कानुनको अज्ञानता नै सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । वक्ताहरुका अनुसार कानुनका आधारभूत विषयहरु अझै सम्म पनि जनसमुदाय स्तरमा पुग्न सकेको छैन । कानुनका विषयबस्तु थाहा नहुँदा किशोर र किशोरीहरु धेरै फस्ने गरेको पनि कानुन विद्हरुको भनाइ छ ।

यस्तैगरी कार्यक्रमको सहजीकरण गर्दै अधिवक्ताद्धय भुपेन्द्र खनाल र विष्णु खत्रीले नगरपालिकाका न्यायिक समितले के गर्न हुने के गर्न नहुने र स्थानिय विवादलाई न्यायोचित ढङ्गबाट न्याय कसरी दिलाउने जस्ता विषयमा बताएका थिए ।

पालिकाले गौरवको योजना मा बालबालिकाका सवाल पनि गराउन आग्रह अधिवक्ता विष्णु खत्रीले आग्रह गरे । नगरपालिकाले गौरवको योजना बाटोघाटो अथवा कुनै पुल निर्माण नभइ नगरभित्र रहेका बालबालिकालाई पूर्णरुपमा सक्षम नागरिक बनाउन उनको आग्रह छ । आफ्नो पालिका भित्रका जतिपनि बालबालिकाहरु छन् उनीहरुको पहिचान गरी पूर्णरुपमा सक्षम नागरिक बनाउन सके बालबालिकाहरु अपराधजन्य गतिविधिमा फस्ने सम्भावना कम हुने उनको विश्वास छ ।

यस्तैगरी कार्यक्रममा देवचुली र कावासोती नगरपालिकाका उपस्थित न्यायिक समितिका पदाधिकारीहरुले आफ्नो नगरमा आएका विभिन्न मुद्धाका विषयमा उठान गरेका थिए र मुद्धाका विषयमा वकिल र अधिवक्ताले परामर्श एवं छलफल गरेका थिए ।

कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा देवचुली र कावासोती नगरपालिकाका न्यायिक समितिका संयोजक, पदाधिकारीहरु, कर्मचारी र मेलमिलापकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.