www.tandavnews.com
Fact ~ In search of truth

मौलिक खेल जगेर्ना गर्न पोखरामा ‘छेलो प्रतियोगिता’

अर्जुन गाहा (सुशान्त)
पोखरा,ताण्डव न्यूज । ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्रदेश खेलकूद परिषदले प्रदेश सरकार स्थापनाको चौथो वर्षको अवसरमा पोखरामा मौलिक ‘छेलो प्रतियोगिता’ आयोजना गर्ने भएको छ । मौलिक तथा परम्परागत छेलो खेलको संरक्षण गर्ने उद्देश्य सहित आगामी मंगलबार (फागुन ३ गते) प्रतियोगिता आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

पोखरा रङ्गशालामा तीन ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले बताए । उनका अनुसार सो प्रतियोगितामा पुरुषतर्फ सानो र ठूलो तथा महिलातर्फ सानो गरी ३ ईभेण्टमा खेलाडीहरुले सहभागिता जनाउनेछन् । गुरुङले प्रतियोगितामा सबै ईभेण्टमा प्रथम हुने खेलाडीले मेडल तथा प्रमाणपत्र सहित जनही २० हजार प्राप्त गर्ने बताए । उनका अनुसार द्वित्तिय र तृतीय स्थान हाँसिल गर्ने खेलाडीले मेडल तथा प्रमाणपत्र सहित क्रमश १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । सो प्रतियोगितामा करिब ८० जनाको सहभागिता रहने सदस्य सचिव गुरुङले बताए ।

Batas

सानो छेलो १२ पाउण्ड (पाँच दशमलव ४ सय ग्राम) को रहनेछ भने ठूलो छेलो १६पाउण्ड (सात दशमलव २५० ग्राम) को रहने प्रतियोगिताका प्राविधिक प्रतिनिधि गजबहादुर गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीले १० वटा नियम पालना गर्नुपर्नेछ ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.