www.tandavnews.com
Fact ~ In search of truth

जागिर लगाइदिने भन्दै ठगी गर्ने सिंह पक्राउ

पोखरा
ताण्डव न्यूज ।

युएनमा जागिरको प्रलोभन देखाएर पोखराका ट्याक्सी चालकलाई ठगी गरेको आरोपमा कास्की प्रहरीले बुटबलबाट प्रक्राउ गरी सार्वजानिक गरेको छ । यूएन र बैंकको कर्मचारी भनेर ठगी गर्ने डोटीको सयल गाउँपालिका २ घर भएका २६ वर्षीय दिनेश सिंहलाई कास्की प्रहरीले पक्राउ गरेको हो । कास्की प्रहरीले बुटबल ९ मिलनचोकबाट पक्राउ गरिएको जनाएको छ । कास्की प्रहरीले इलाका प्रहरी कार्यालय रुपन्देहीसँगको समन्वयमा पक्राउ गरी मंगलबारसाँझ सार्वजनिक गरेको हो ।

कास्की प्रहरीका अनुसार सिंहले १८ लाख ८५ हजार रुपैयाँ ठगी गरेर फरार रहेका थिए । उनलाई पोखराका बिनोद विक, होमबहादुर नेपाली, बुद्धिप्रसाद अधिकारी, स्याङ्जा फेदीखोला गाउँपालिकाका युके गुरुङ, पोखरा रत्नचोकका युवराज पौडेल लगायतलाई जागिरको प्रलोभन देखाएरु रकम ठगी गरेको आरोप छ । सोही उजुरीपछि कास्की प्रहरीले सोमबार बिहान सिंहलाई पक्राउ गरी पोखरा ल्याएको थियो ।

Batas

प्रहरीले उनको साथबाट १ थान ल्यापटप, २ थान मोबाइल, पहेलों रंगको १ थान सिक्री, २ औठी, विभिन्न ६ थान सिमकार्ड, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, विभिन्न व्यक्तिको नागरिकता, कागजात र नगद ६७ हजार रुपैयाँ सहित बरामद गरेको छ । कास्कीमा १९ लाख ठगे पनि नेपालभर ६० लाख रुपैयाँ ठगी गरेको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले बताए । उनले काठमाडौं, मकवानपुर, चितवन, बाजुरा, ललितपुर र धनगढी लगायत जिल्लामा पनि ठगी गर्दै हिडेको प्रहरीले जनाएको छ । पक्राउ सिंहलाई ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाउने प्रवक्ता तिवारीले बताए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.