www.tandavnews.com
Fact ~ In search of truth

‘गण्डकी रत्न’ महावीर पुनलाई

पाेखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारले सुरुवात गरेको ‘गण्डकी रत्न’ बाट म्याग्दीका महावीर पुनलाई विभूषित गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको चारवर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गरेको हो । गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थ मन्त्री कुमार खड्काले विभूषित व्यक्तिको नाम घोषणा गरेका हुन् ।

पुस २६ मा मन्त्रिपरिषद बैठकबाट विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधी २०७८ स्वीकृत गरेको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सरकारले सम्मान गर्ने घोषणा गरेको थियो । गण्डकी प्रदेश भित्र जन्मिएर यहाँकै श्रीबृद्धिको लागि योगदान गरेकाहरु माझ छनोट गरिएको थियो । मन्त्रीपरिषदको फागुन ३ गते बसेको बेठकले पुनलाई विभूषित गर्नको लागि अनुमोदन गरेको थियो ।

Batas

आन्तरिक मामिला मन्त्रालयले माघ ४ गते १५ दिने सूचना जारी गर्दै सम्मानका लागि आवेदन मागेको थियो । त्यसमा साहित्य, पर्यटन, खेलकुद, समाज सेवा, भाषा, संस्कृति क्षेत्रमा काम गरेको भन्दै आठ जनाले निवेदन दिएका थिए । विभूषणका लागि कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई÷दुई र लमजुङका एक जनाले आन्तरिक मामिला मन्त्रालयमा निवेदन दिएका थिए । तर, निवेदन नदिएका पुनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो ।

के पाउँछन् ?

विभूषित व्यक्तिलाई सार्वजनिक कार्यक्रममा प्रदेश सभाका सदस्य सरहको मर्यादाक्रम हुनेछ । यसबाहेक प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भीआईपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै उनीहरूको जिम्मा लिनेछ । सम्मानित हुनेले चाँदीको लोगो पाउँछन् । ६.५ सेन्टिमिटरको व्यास भएको गोलो आकारमा बाहिर पहिलो घेरामा एघार जिल्लाको प्रतिकात्मक स्वरूप एघार वटा कमलको पुष्पदल रहने छ ।

दोस्रो घेराभित्र माथि ‘गण्डकी प्रदेश सरकार’ र तल ‘गण्डकी रत्न’ लेखिएको हुन्छ । तेस्रो तथा भित्री घेराभित्र नदी (गण्डकी)को उद्गमस्थल एवं गण्डकी प्रदेशको पहिचान स्वरूप हिमाल र त्यसमाथि राष्ट्रिय झण्डा रहने प्रदेश सरकारले जनाएको छ । झण्डा र हिमालको भागमा सुन प्रयोग गरिने छ । यसमा ६.५ ग्राम सुन र १२५ ग्राम चाँदी प्रयोग हुने कार्यविधिमा उल्लेख छ । यसको पछाडिपट्टिको भागमा वितरण गरिने साल उल्लेख गरिएको हुनेछ भने खादा लगाएर सम्मान गरिने छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.