www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बन्दको प्रभाव: पसलहरु खुलै भएपछि बन्द गराउँदै हिँडे बन्दकर्ता

पोखरा,
ताण्डव न्यूज ।

एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एक मोर्चाले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव पोखरामा सामान्य देखिएको छ ।

विहान करिब सामान्यजस्तै देखिएको बजार दिउँसो केहीबेर बन्द भयो । बन्द गराउन समूह बनाएर यूवाहरुको टोलीले पसल बन्द गराउँदै हिँडेका थिए ।

Batas

बन्दकै क्रममा पोखराको अमरसिंहमा भेटिएको संकास्पद बस्तुलाई नेपाली शेनाको टोलीले डिस्पोज गरेको छ । प्रेशरकुकरमा तार बाहिर निकालेर छाडिएको उक्त वस्तु विष्फोटक पदार्थ भने नभएको प्रहरीले जनाएको छ ।
बन्दका कारण पोखरामा सार्वजनिक यातायातका साधनहरू कमै मात्रामा चले भने निजी सवारीसाधन भने चलेका छन् ।

पोखराका मुख्य चोकहरु महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, लेकसाईड लगायतका ठाउँमा बन्दकर्ताहरु झण्डा सहित बन्द गराउँदै हिँडेका छन् ।

बन्दको क्रममा मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पोखरासहित कास्कीका एक दुई स्थानमा बिहानै बन्दकर्ताले टायर बालेर विरोध जनाएको भए पनि तत्कालै आगो निभाएर टायर जलाउन रोक लगाइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.