www.tandavnews.com
Fact ~ In search of truth

‘स्की च्याम्पियनसिप’ बने साहसराम र संगीता

पोखरा
ताण्डव न्यूज ।

चौथो राष्ट्रिय स्की च्याम्पियनसीपमा साहसराम श्रेष्ठ र संगीता लामा बिजयी बनेका छन् । नेपाल स्की एसोसियसनको आयोजनामा हिमाल पारीको जिल्ला मुस्ताङमा भएको चौथो राष्ट्रिय स्की च्याम्पियनसीपमा पुरुषतर्फ काठमाडौँका २२ वर्षीय साहसराम श्रेष्ठ र महिलातर्फ नुवाकोटकी २२ वर्षिया संगिता लामा च्याम्पियन बनेका छन् ।

पुरुषतर्फ धनगढीका दिनेश कुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेश्रो भए । अल्पाईन स्की महिलातर्फ ललितपुरकी देबोटा तिमाल्सिना दोश्रो र धनकुटाकी लक्ष्मी राई तेश्रो भईन् ।

Batas

नेपाल स्की एसोसिएसनका महासचिव विजय श्रेष्ठका अनुसार पूर्व प्रशिक्षण गरेर सञ्चालन गरिएको च्याम्पियनसिपमा १० जना महिला र १६ जना पुरुष गरी २६ जनाबीच प्रतिष्पर्धा भएको थियो ।

श्रेष्ठ र लामा च्याम्पियन बनेपनि उनीहरुलाई मुस्ताङमा पुरस्कार वितरण नगरिएको जनाइएको छ । आयोजक टोलीका अनुसार निम्ता गरिएका व्यक्ति खेल स्थलमा कोभिडले गर्दा आउन नसकेपछि प्राविधिक टोली काठमाडौं फर्किएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी च्याम्पियन बनेकाहरूलाई मेडल, प्रमाण र पुरस्कार हस्तान्तरण गरिने महासचिव श्रेष्ठले जानकारी दिए । च्याम्पियन बनेकाहरु विश्वका अरु देशमा हुने प्रतियोगितामा प्रतिस्पर्धा र तालिमको अवसर पाउनेछन् ।

मुक्तिनाथको सेताम्मे हिउँमा स्की खेलाडीलाई तालिम अभ्यास तथा च्याम्पियनसीप मार्फत प्रतिस्पार्धा गराईएको थियो । पर्यटनको विकास र स्की खेलको प्रर्वद्धन गरी दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले च्याम्पियनसीप तथा अभ्यास गरिएको थियो ।

च्याम्पियनसिप आयोजनामा मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पनि सघाएको थियो । च्याम्पियनसिप वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको रानीपौवा पाखोमा आयोजना गरिएको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.