www.tandavnews.com
Fact ~ In search of truth

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा

जिवन सुबेदी
पोखरा,ताण्डव न्यूज ।

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा यहि फागुन ७ गते हुने १६ आँै संस्करणको सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताबारे जानकारी दिन पोखरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको बताईएको हो ।

विश्व प्रसिद्ध सिटी म्याराथनको अवधारणा अनुरुप पोखरामा पनि खेलकूद पर्यटन प्रर्बद्धन गर्ने उद्धेस्यले प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । दुई चरणमा हुने प्रतियोगिता अन्र्तगत पहिलो चरणमा खुला म्याराथन र महिला तर्फको हाफ म्याराथन हुने भने बाँकी ६ वटा इभेन्टहरुलाई २०७८ चैत्र १२ गते शनिवार आयोजना गरिने सो अवसरमा जानकारी दिईयो । जस अन्र्तगत महिला÷पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र ÷ छात्रा ५ किमि दौड, महिला ÷ पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुनेछन् ।

Batas

यो वर्ष पुरस्कार राशी पनि बढाईएको छ । खुल्ला ४२.१९५ किमि म्याराथनमा प्रथम पुरस्कार ४ लाख रहेको छ भने द्वितिय लाई २ लाख, तृतियलाई १ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गर्ने पराजुलीले बताए ।

आगामी तिन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजना संगै पुरस्कार प्रथम राशी १० लाख पुरÞ्याउने लक्ष्य राखिएको समेत उनले जानकारी दिए ।

यसै गरी १० किमि पुरुष तथा महिला, ५ किमि छात्र/छात्रा, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत केही वृद्धि गरिएको छ । म्याराथनको कुल खर्च ९३ लाख र आम्दनी १ करोड ५ लाख हुने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगितामा मित्रराष्ट्र भारत, केन्या, फ्रान्स, युके, ओमन, आएरल्याण्ड, अमेरिकाका गरी १४ जना धावकहरु पोखरा आउने कार्यक्रम तय भइसकेको छ भने विभागिय तर्फका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल लगायत नेपालका १७ जिल्लाहरुबाट गरी म्यारथनतर्फ १६२ जना र महिला हाफ म्याराथनतर्फ ३९ गरी कुल २०१ धावक खेलाडीहरुको सहभागिता रहनेछ ।

पोखरेली मञ्च युकेले पोखरा म्याराथनमा पहिलो हुने नेपाली धावकलाई बेलायतको म्याराथनमा सहभागिता गराउने घोषणा गरिसकेको छ भने नेपाल एथलेटिक्स संघले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मान्यता प्रदान गर्दै म्याराथनमा प्रथम हुने धावकलाई १९ औं एशियाली खेलकुदको वन्द प्रशिक्षणमा सहभागिता गराउने संगै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राथमिकताका साथ सहभागी गराउने घोषणा समेत यस अघि नै गरिसकेको सो अवसरमा जानकारी दिईयो ।

यसैबीच पोखरा म्याराथनमा विजयी हुने नेपाली राष्ट्रिय धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराइने भएको छ । नेपालकै जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनलाई संघले मान्यता प्रदान गर्दै पत्रमा अन्तर्राष्ट्रिय मापदण्डको अनुसारको समयको आधारमा प्राथमिकताका साथ सहभागिताका लागि पहल गरिने पोखरेली मञ्च यूके का अध्यक्ष मनप्रसाद गुरुङले जानकारी दिए ।

सो अवसरमा पोखरेली मञ्च यूकेका तर्फबाट प्रतियोगिताका लागि रु ५ लाख सहयोग समेत प्रदान गरिएको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.