www.tandavnews.com
Fact ~ In search of truth

प्रेस चौतारीकाे आसन्न महाधिवेशनको तयारी कार्य प्रारम्भ

पोखरा ।

प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको तयारीस्वरुप विभिन्न कार्य प्रारम्भ भएका छन् । महाधिवेशन यही फागुन २७ देखि पोखरामा आयोजना हुँदै छ । महाधिवेशन मूल व्यवस्थापन समितिले यसअघिको बैठकबाट गठित उपसमितिसँग छलफल तथा कार्यप्रगतिबारे छलफल सुरु गरेको छ ।

शनिबार अर्थ संकलन, आवास, मञ्च, स्वास्थ्य, अतिथि सत्कार, स्वागत गेटसहितका उपसमितिसँग केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक गणेश पाण्डे र सचिव रामकृष्ण ज्ञवालीको उपस्थितिमा छलफल भयो ।

Batas

मूल व्यवस्थापन समितिको बैठक आइतबार पोखरामा बस्ने संयोजक गणेश पाण्डेले जानकारी दिए । पूर्वसन्ध्यामा उपसमितिले गरेका कार्य प्रगति र कोरेको खाकाबारे मूल व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । महाधिवेशन समयसम्म उपसमितिसँग विभिन्न चरणमा बैठक तथा छलफलको आयोजना गरिने मूल व्यवस्थापन समितिले जनाएको छ ।

महाधिवेशनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएकाले उत्सवकै रुपमा सम्पन्न गर्ने गरी तयारी गरिएको सोहीअनुसारको जिम्मेवारीमा जुट्न संयोजक पाण्डेले आग्रह गरे ।

सम्पूर्ण रुपले महाधिवेशनलाई उत्कृष्ट बनाउन चौतारीका सबै सदस्यहरुको साथ सहयोगले मात्र सम्भव हुने मूल व्यवस्थापन समिति सचिव रामकृष्ण ज्ञवालीले बताए । महाधिवेशनलाई भड्किलो भन्दा पनि सभ्य र रचनात्मक रुपमा सफल बनाउनु पर्ने अर्थ संकलन समिति संयोजक पुण्य पौडेलले बताए ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले मूल व्यवस्थापन समितिसँगको समन्वयमा आयोजक जिल्लाको तर्फबाट व्यवस्थापनमा कुनै कमी नहुने प्रतिबद्धता जनाए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.