www.tandavnews.com
Fact ~ In search of truth

एमसिसीका विषयमा अमेरिका र चिन बाझिनु खतरनाक : एमाले नेता ज्ञवाली

जीवन सुवेदी
पाेखरा, ताण्डव न्यूज ।

नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले नेपालमा आएको एमसिसी परियोजनाका सवालमा दुई शक्तिराष्ट अमेरिका र चीनवीच देखिएको बिवादले राम्रो संकेत नगरेको बताएका छन् ।

पोखरामा आजदेखि सुरु निर्वाचन लक्षित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दे नेता ज्ञवालीले दुई शक्ति राष्ट्र आपसमा बाझिनु खतरनाक विषय भएको बताए । “नेपालमा एमसिसी जस्तो सानो विषयलाई लिएर संसारका शक्तिशाली दुई मुलुकहरु चिन र अमेरिका आपसमा बाझिनुपर्ने स्थिति समेत उत्पन्न बनेको छ”, उनले भने “यो वास्तवमा धेरै खतरनाक कुरा हो ।” भारत, चिन लगायत संसारका शक्तिशाली राष्ट्रहरुसँग कसरी व्यवहार गर्ने भन्ने कुरा नेपालको नेतृत्व र कूटनीतिमा भर पर्ने नेता ज्ञवालीको भनाई छ ।

Batas

देश सार्वभौम रहिरने वा नरहने भन्ने विषय समेत नेतृत्वमा भर पर्ने उहाँको भनाई छ । “हामी गौरवका साथ भन्छौँ कि, हाम्रो देश अहिलेसम्म कसैको उपनिवेश भएन”, नेता ज्ञवालीले भने “अब आउने दिनमा पनि सार्वभौम रुपमा अविछिन्न रहिरहनका लागि हामी, यो देशका राजनीतिक पार्टीहरु, हाम्रा नेता र कार्यकर्ताहरुमा भर पर्छ ।”

नेता ज्ञवालीले नेपालको कम्यूनिष्ट आन्दोलनलाई सिध्याउन देशी विदेशी शक्तिहरु कृयाशिल बनेको समेत आरोप लगाए । कम्यूनिष्ट पार्टीलाई विभाजन गराएर पुँजीपति वर्गको पार्टीलाई साथ दिनु आफूलाई कम्यूनिष्ट बताउने दलहरुको ठूलो भूल भएको उनको भनाई छ । “काँग्रेस पार्टीको नेतृत्वमा कम्यूनिष्ट पार्टी बलियो बनाउँछु भन्ने जुन सपना देखिरहनुभएको छ, त्यो उहाँहरुको दिवास्वप्न मात्र हो” पुँजिपती साथ दिएर समाजबादको दिशामा अघि बढ्छौँ भन्नु नेकपा समाजबादी, र नेकपा माओबादी केन्द्र लगायत आफूलाई कम्यूनिष्ट भन्नेहरुको को दिवास्वप्न मात्र भएको उनले बताए ।

दुई दिनसम्म चल्ने प्रशिक्षण तथा अभिमुखीकरणमा समाजबाद निर्माणका आधार निर्माणमा सरकारका ३ वर्ष, पार्टी महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, स्थानीय तहमा देखिएका उपलब्धिहरु, पार्टी निर्माणका आधारहरु र चुनावमा ध्यान दिनुपर्ने कुराहरुका बारेमा विषयगत प्रशिक्षण गराईने एमाले नेता एवं गण्डकी प्रदेश सांसद धनन्जय दवाडीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पार्टीले देशब्यापी रुपमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै आएको नेता रश्मी आचार्यले जानकारी दिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.