www.tandavnews.com
Fact ~ In search of truth

महासमिति सदस्यको निर्वाचनमा ‘राजनैतिक ह्यारेसमेन्ट’ गरियो : कांग्रेस नेतृ पाण्डे

पोखरा
ताण्डव न्यूज ।

नेपाली कांग्रेस नेतृ लक्ष्मी पाण्डेले महासमिति सदस्यको निर्वाचनमा पार्टी निरंकुश भएको आरोप लगाएकी छन् ।

नेपाली कांग्रेस, क्षेत्र नं. २, कास्कीको महासमिति सदस्य निर्वाचनका क्रममा उम्मेदवारको भावना र मर्म विपरित सर्वसम्मत निर्णयको सूचना टाँस गरिएकोेमा आपत्ति जनाएकी हुन् ।

Batas

नेतृ पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘कुनैपनि मुल्य मान्यता मापदण्ड नबनाई जातिय सन्तुलन, भेगिय सन्तुलन केहि नमिलाई सिनियर र भोटको प्याटर्न लाई पनि मिचेर एक्लौटी निर्णय लाद्ने किसिमले महासमिति सदस्य निर्वाचन गर्न लागेको आभास भए पछि हामीलाई चित्त नबुझी महासमिति सदस्य निर्वाचनमा वैैधानिक रुपमा निर्वाचन समितिको तालिका बमोजिम तोकिएको समयमा तोकिएको शुल्क (निर्वाचन समितीले तोकेको ७,००० र क्षेत्रले तोकेको २०,०००रूपैयाँ पनि फिर्ता नलिएको ) तिरी उम्मेदवारको लागि मनोनयन दर्ता गरेको व्यहोरा जानकारी गराउन चाहान्छु !’

मनोनयन दर्ता भएको र फिर्ता नलिएको अवस्थामा सर्वसम्मत निर्णयकोे सूचना टाँस्नु गलत भएको उनको भनाई छ । यस निर्णय विरुद्ध न्यायिक निरुपणका लागि जान सक्ने उनले बताएकी छन् ।

उनि थप्छिन्‘ लोकतन्त्रको पर्यायवाची पार्टी नेपाली कांग्रेस भित्र , लोकतन्त्रको मेरुदण्ड निर्वाचनलाई बेवास्ता गर्दै हामीसँग कुनै वार्ता वा समन्वय नगरी हामीले दर्ता गराएको मनोनयन पत्र फिर्ता नलिएको अवस्थामा निर्वाचनको लागि योग्य रहेको र निर्वाचनमा प्रतिस्पर्धा गर्न इच्छुक हुँदाहुँदै हाम्रो प्रतिस्पर्धा गर्ने अधिकारको हनन गर्दै निर्वाचन समितिले सर्वसम्मत निर्णयको सूचना टाँस गरेको निर्णय प्रति हाम्रो घोर असहमति रहेको र यसका बिरुद्ध सम्बन्धित ठाउँमा न्यायिक निरुपणको लागि जानसक्ने व्यहोरा जानकारी गराउन चाहन्छौं।’

महाधिवेशन प्रतिनिधी एवं पूर्व जिल्ला कोषाध्यक्ष समेत रहेकी पाण्डेले योग्य ब्यक्तिलाई राजनैतिक ह्यारेसमेन्ट भएको उल्लेख गरेकी छन् । भन्छिन्‘ यो कुनै व्यक्तीले पायो या पाएन भन्ने कुराले कुनै लाग्दैन, अर्थ लाग्छ त केवल पद्धतीको । कुनै योग्य व्यक्तिलाई त राजनैतिक ह्यारेसमेन्ट गरिन्छ भने अरूको के कुरा ! धन्यबाद, जय नेपाल’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.