www.tandavnews.com
Fact ~ In search of truth

भोलिदेखि फेवातालको पानीको सतह घटाईने

पोखरा
ताण्डव न्यूज ।

पोखराको फेवातालको पानी घटाईने भएको छ । बाँध बाँधेको ठाउँबाट पानी घटाउन लागिएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीले जानकारी गराएको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ अन्तर्गत सिद्धार्थ राजमार्गको विरौटा चोकदेखि करिव एक सय मिटर पश्चिममा सिंचाई नहरमा पर्ने कल्भर्टलाई फराकिलो बनाउन भन्दै तालको पानी घटाउन लागिएको कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

Batas

सडक डिभिजन कार्यालय, पोखरा मार्फत उक्त क्षेत्रमा नहर फराकिलो बनाउनुपर्ने आवस्यकता देखिएको भन्दै कार्यालयमा निवेदन परेपछि कार्यालयले उक्त कार्यका लागि अनुमति दिएको हो । “फेवा तालको सतह घटाउनको लागि अनुरोध भै आएकोमा उक्त कार्यको लागि यहि मिति २०७८÷११÷१० गते देखि २०७९÷१÷३० सम्म फेवा तालको बांध खोलि पानिको सतह घटाई निर्माण कार्यमा सहजिकरण गरिने व्यहोरा अनुरोध छ ।” डिभिजन प्रमुख किरण आचार्यद्वारा जारी गरिएकोे सूचनामा उल्लेख छ ।

साथै सोहि अवधिमा फेवाताल वरपर तथा फेवाताल भन्दा तल वसोवास गर्ने आम सर्वसाधारण नागरिक, निर्माण व्यवसायी लागायत सरोकारवाला सबैमा पर्न जाने असुविधा प्रति कार्यालयले क्षमा याचना गरेको छ ।

कल्भर्ट सानो हुँदा नहरको गेट पुरै बन्द गर्दा समेत पानी ओभरफ्लो हुने समस्या समाधानका लगि तालको सतह नै घटाउनुपर्ने देखिएको सूचनामा उल्लेख छ ।

निवेदनको वोधार्थमा गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, मत्स्य विकास केन्द्र पोखरा, महानगरको वडा नं १७ कार्यालय, ६ नंबर वडा कार्यालय र फेवा सिँचाई जलउपभोक्ता समितिलाई समेत उल्लेख गरिएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.