www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ मा डाक्न सिफारिस

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ गते डाक्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सोहि मितिमा अधिवेशन गर्न सिफारिस गरेको हो ।

यसअघि गण्डकीको वर्षे अधिवेशन असोज ५ गते अन्त्य भएको थियो । दुई अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । चैत ५ गते वर्षे अधिवेशनको ६ महिना पुग्छ । त्यही समय सीमा ख्याल गरी सरकारले फागुन २६ गतेदेखि संसद चलाउने भएको हो ।

Batas

आउँदो अधिवेशनमा लैजाने गरी सरकारले ४ वटा विधेयकहरु तयार गरेको जानकारी कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले सोमबारै दिएका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.