www.tandavnews.com
Fact ~ In search of truth

यातायात क्षेत्रमा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्स आवश्यकः मन्त्री बराल

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले यातायात क्षेत्रमा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्स स्थापना गर्न आवश्यक भएको बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयले पोखरामा आयोजना गरेको राजश्व संकलन तथा परिचालन सम्बन्धी एक दिने अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री बरालले यातायात क्षेत्रको सेवा प्रभावकारी बनाउन बिचौलीयाको अन्त्य गर्दै हेल्प डेक्स स्थापना गर्नुपर्ने बताए ।

‘प्रदेशको राजश्व संकलनको पहिलो क्षेत्र नै यातायात हो, यो प्रत्यक्ष जनतासँग जोडिएको हुँदा यसबाट सेवाग्राहीलाई झनझट रहित ढंगले काम गर्दा आवश्यक पर्ने कुनै पनि सुधारको लागि अर्थ मन्त्रालय तयार रहेको छ,’ उनले भने, ‘यातायात क्षेत्रमा धेरै समस्या रहेकोले त्यसको अन्त्य गरी जनतालाई प्रभावकारी ढंगले सेवा दिदै डिजिटल सिस्टममा लैजानको लागि अनुसन्धान आवश्यक छ ।’ यातायात विभागलाई संघीयताको मर्म र भावना अनुसार चल्न आग्रह गर्दै मन्त्री बरालले यातायात क्षेत्रमा निजी क्षेत्रको हावी भएको टिप्पणी गरे ।

Batas

प्रदेशमा यातायात क्षेत्रबाट चालु आर्थिक बर्षको माघ मसान्तरसम्म ७ महिनामा १ अर्ब १२ करोड राजश्व संकलन भएको मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए । यातायात क्षेत्रबाट यस बर्ष १ अर्ब ९४ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा प्रदेशमा गत बर्ष यातायात क्षेत्रबाट १ अर्ब ६९ करोड ४८ लाख राजश्व संकलन भएको सचिव अर्यालले बताए । प्रभावकारी ढंगले कसरी राजश्व संकलन गर्न सकिन्छ भन्ने बिषयमा उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए

गण्डकीका प्रदेश लेखा नियन्त्रक केशवराज ढकालले संघीय सरकारबाट प्रदेशलाई कम अनुदान आउने भएकोले प्रदेशले राजश्वको दायरा बृद्धि गर्नुपर्ने बताए । भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यबस्था मन्त्रालयका उपसचिव टीकाराम पौडेलले पोखरा महानगरले सडकमै पार्किङ शुल्कः लिनु अवैधानिक भएको उल्लेख गर्दै प्रकृया र डिजिटललाइज सिस्टममा लैजान नसक्दा थप कर संकलन हुन नसकेको उल्लेख गरे ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.