www.tandavnews.com
Fact ~ In search of truth

रुपा गाउँपालिकामा भौतिक पूवार्धार अब्बल : अध्यक्ष ओझा

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।

कास्कीको रुपा गाउँपालिकाले पाँच वर्षको अवधिमा गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले आज पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा भएका उपलब्धीहरु सुनाएका हुन् ।

गाउँपालिकाले शिक्षा, भौतिक पूर्वाधार, सडक, सिंँचाई, कृषि, पशुपालन र रोजगारी लगायतका क्षेत्रमा उल्लेख्य कार्य गरेको उनको दावी छ । पूर्वाधारतर्फ गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएको ओझाले बताए । “हामी आउनुभन्दा पहिला रुपामा एक मिटर पनि पिच बाटो थिएन, एउटा बाटो टेण्डर थियो, उनले भने“अहिले हाम्रो गाउँपालिका भित्र ९५ किलोमिटर सडकको काम भैरहेको छ, ८५ किलोमिटर चाहिँ पूरा भैसक्यो ।” अब रुपाताल परियोजनामार्फत हुने एउट बाटोको काममात्र बाँकी रहेको उनको भनाई छ । कालोपत्रे गर्ने क्रममा पहिलोपटक अस्फाल्ट प्रविधिको प्रयोग गरेको दावी गर्दै अध्यक्ष ओझाले महानगरसंगको कनेक्टिङ रोड अन्तिम चरणमा पुगेको जानकारी दिए ।

Batas

गाउँपालिकामा खानेपानीको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेकोे अध्यक्ष ओझाले बताए । हामी जाँदा खानेपानीको अवस्था असाध्यै गाह«ो थियो, हामी जाँदा जम्मा १०२ घरमा एक घर एक धारा जडान थियो, अहिले १०० प्रतिशत ठाउँमा योजना सञ्चालित छ, ८५ प्रतिशत पूरा भईसकेको छ, ९० प्रतिशत अन्तिम चरणमा छ ।”

गाउँपालिकाले गर्ने भनेका ५४ वटा खानेपानीका योजनाहरु पूरा गरेको भएपनि संघ र प्रदेश सरकारबाट गर्ने भनिएका योजनाहरु ९ वर्षसम्म पनि पूरा हुन नसकेको उनको भनाई थियो । “म नामै लिएर भन्छु, अमृतपानी खानेपानी योजना, बृहत थुम्की र मज्र्याङ्कोट खानेपानी योजना , ३ वटा योजना अहिलेसम्म पूरा भएको छैन ।”

उनकै भनाईमा “सकेसम्म स्थानीय तह लाई नै बलियो बनाउनुपर्छ” भन्ने यस्ता घटनाक्रमले पनि पुष्टि गरेको छ ।

गाउँपालिकामा ६ किलोमिटर सिँढी बाटो निर्माण भैसकेको उनले जानकारी दिए । भ्यू टावर, पिकनिक स्पट, पार्क समेत निर्माण गरिएको उनले जानकारी दिए । कृषिको क्षेत्रमा एक गाउँ एक उत्पादन, एक घर एक टनेल लगायतका कार्यक्रम गाउँपालिकाले गर्दै आएको उनले बताए । गाउँपालिकाले कृषिमा लगानी गर्न चाहनेहरुलाई उचित व्यवस्थापन गरिरहेको उनको भनाई छ । विकासका काममा सबै सरकारसंग समन्वय गरेर काम गरिरहेको र कार्यहरुबारे स्वेतपत्र नै जारी गर्ने तयारी गरिरहेको अध्यक्ष ओझाको भनाई छ ।

यसैबीच गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसरमा यहि फागुन २३ गतेदेखि गाउँपालिकामै अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिता, झाँकी प्रर्दशन प्रतियोगिता, र माला उन्ने प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष ओझाले बताए । साथै रुपा रत्न सम्मान अन्र्तगत गाँउँपालिका भित्र जन्मेर विद्यावारिधि गरेका तथा चिकित्सा शास्त्र तर्फ एमडी उपाधि प्राप्त गरेका र नेपालकै विश्वविद्यालयमा अध्ययन गरी स्वर्णपदक प्राप्त गरेका व्यवक्तिहरुलाई ताम्रपत्र र दोशल्ला ओढाएर सम्मान गरिने अध्यक्ष ओझाले जानकारी दिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.