www.tandavnews.com
Fact ~ In search of truth

हेम्जास्थित अम्विका माविलाई महालक्ष्मी विकास बैंकको सहयोग

पोखरा ।

महालक्ष्मी विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १९ हेम्जामा अवस्थीत अम्विका माध्यमीक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । चिप्लेढुङ्गास्थित पोखरा शाखाको अगुवाईमा उक्त सामाग्रीहरु प्रदान गरिएको हो ।

पोखरा रिजनका ब्रान्च कोअर्डिनेटर एवं न्यूरोड शाखाका शाखा प्रवन्धक गणेश प्रसाद आचार्य र चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले संयुक्त रुपमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई सामाग्रीहरु हस्तान्तरण गरे ।

Batas

प्रधानाध्यापक ओम प्रसाद पौडेलले कार्यक्रमको संचालन गरेका थिए ।

महालक्ष्मी विकास बैंक लि. ले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु नेपाल भर रहेका १०३ शाखाहरु मर्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने जनाएको छ ।

यस वैंकले प्रदेश नं. १ मा ५, प्रदेश नं.२ मा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्विनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरि कुल १०३ वटा शाखाहरु मर्फत करिव ६ लाख ग्राहकहरुलाई  वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.