www.tandavnews.com
Fact ~ In search of truth

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

ब्रसेल्स ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनिहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उनिहरुका बीचमा फोनमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताएका हुन् ।

Batas

रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ ।

आमक्रमणको दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ ।

त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा लड्नुपर्ने भएको छ । यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ ।

रासस/सिन्ह्वा
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.