www.tandavnews.com
Fact ~ In search of truth

रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

किभ ।

रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । “रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,“ ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा उल्लेख गरेका छन्, “युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गर्दैछन्।“

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए।

Batas

शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा तीन जना बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ ।

रासस/एएफपी

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.