www.tandavnews.com
Fact ~ In search of truth

एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत

काठमाडौँ ।

सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट (एमसिसी) अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल भएको थियो । आजै हुने दोस्रो बैठकमा त्यससम्बन्धमा दफावार छलफल गर्ने कार्यक्रम छ ।

Batas

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.