www.tandavnews.com
Fact ~ In search of truth

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ९२ प्रतिशत काम सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९२ प्रतिशत पूरा भएको छ । चिनीयाँ कम्पनी सिएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको विमानस्थल यसअघि २०२१ जुलाई १० भित्र सक्ने लक्ष्य लिएको थियो । तर, समयमै काम सम्पन्न नभएपछि २०७९ असार २५ सम्मलाई म्याद थप गरिएको छ ।

चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थल कोरोना महामारीका कारण १ बर्ष समय थप गरेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती विमानस्थल नजिकै रहेको खुल्ला ल्यान्डफिल साइटका कारण चराचुरुंगीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न पहल ढिलाई भएको उनले बताए । बर्सातको समयमा पृथ्वी राजमार्गको नालाबाट र सिँचाइको नहर बगेर आउने पानीका कारण विमानस्थलको पूर्वी भागमा बाढीपहिरोको समस्या हुने गरेको उनले सुनाए ।

Batas

विमानस्थल नजिक रहेको ‘ल्याण्डफिल साइट’ को लागि महानगरसँग समन्वय भइरहेको उनले सुनाए । ‘अस्थायी रुपमा हटाउने कुरा महानगरबाट भएको छ । उहाँहरुले जग्गा खोजी गर्नुभएको छ,’ उनले भने, ‘बैशाखसम्म माटो प्रयोग गरेर ल्यान्डफिललाई पुर्नेछौं ।’

मुनाकर्मीका अनुसार हाल चिनिया १ सय ८८ र नेपाली २ सय ३० जना कामदार काममा खटिइरहेको छन् । आयोजनाको सबैभन्दा ठूलो करिब ६ सय ५० सिट क्षमताको टर्मिनल भवन, टावर, कार्यालय भवन, कार्गो भवनसहित १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ । पोखरा विमानस्थल हाल करिब ३ हजार ८ सय ९९ रोपनी जग्गामा छ, जसमध्ये ९९ प्रतिशत आयोजनाको नाममा रहेको दाबी छ ।

समितिका संयोजक विक्रम गौतमले पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न दिल्ली, हङकङ, दोहा र बैंककसँग सहकार्य र सम्पर्क हुनुपर्ने बताए । ‘दिल्लीबाट धेरै पर्यटक आउन सक्छन्, नेपालीको आवत जावत पनि राम्रो छ, यस्तै दोहामा र खाडी मुलुक गएका नेपालीका लागि दोहा विमानस्थलबाट सेवा दिनुपर्छ,’ उनले भने, ‘हङकङ र बैंकक पनि नेपालीको धेरै आवतजावत छ, त्यहाँबाट सेवा सञ्चालन गर्दा अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्छ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.